Logo
१८ बैशाख २०८१, मंगलबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सरकारले प्रदेश प्रमुख राजेश झालाई बहिष्कार गर्ने

प्रदेश २ सरकारले प्रदेश प्रमुख राजेश झालाई बहिष्कार गर्ने भएको छ । झाले आइतबार नै आफ्नो पदभार ग्रहण गरेका छन् । आइतबार नै काठमाडौंबाट जनकपुरधाम पुगेका प्रदेश प्रमुख डा. झाले पदभार ग्रहण गर्दै आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

उनले आफ्नो प्रतिबद्धता पत्रमा भनेका छन्, ‘ प्रदेश नं. २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्छ । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको छ ।’

प्रदेश प्रमुख राजेश झा आइतवार दिउँसो जनकपुरधाम पुगेका हुन् । उता, प्रदेश प्रमुख झा जनकपुरधाम पुग्दा प्रदेश सरकारले आफ्नो कुनै प्रतिनिधि पठाएनन् । प्रदेश सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सरकारले प्रदेश प्रमुखलाई बहिष्कार गर्ने बताएका छन् ।

मन्त्रिपरिषदबाटै निर्णय गरिने उनले बताएका छन् । दलित नेता तिलक परियारलाई बर्खास्तगरि झालाई प्रदेश प्रमुख नियुक्त गर्ने संघीय सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै भने,‘ संघिय सरकारको यो कार्यलाई सरकार भत्र्सना गर्छ, अव बस्ने प्रदेश मन्त्रीपरिषदको वैठकमा नव नियुक्त प्रदेश प्रमुखलाई वहिस्कार नै गर्ने वा अन्य कुनै विरोधका कार्यक्रम गर्ने विषयमा निर्णय हुन्छ ।’

उनले भने -‘समाजिक सञ्जालमा चर्को आलोचना र बधाईको क्रम जारी रहेको बेला उनले आइतबार पदबहाली गरेका छन् । संघीयतालाई कमजोर र प्रदेश २ को सरकारलाई मानमर्दन गर्न झालाई प्रदेश प्रमुखमा झालाई नियुक्त गरिएको भन्दै आलोचना भइरहेकोछ ।’

संघीयताको विरोध गर्ने व्यक्तिलाई अहिले संघियता समाप्त गर्न प्रम ओलीले प्रदेश प्रमुख बनाएको मन्त्री यादवले आरोप लगाए ।

‘सजाय भोगेका व्यक्तिलाई प्रदेश प्रमुख बनाएर प्रधानमन्त्री ओलीले राजनीतिलाई अपराधिकरण गर्न खोजेका हुन्’ ‘असंवैधानिक कमद चालेर संसद विघटनगरि चुनावको घोषणा प्रधानमन्त्री ओलीले गरे’ उनले भने, ‘ चुनावको घोषणा गरेपछि सरकार स्वतः काम चलाउ हुन्छ, काम चलाउ सरकारले कसैलाई नियुक्ति र बर्खास्त गर्न मिल्दैन ।

प्रदेश प्रमुखमा नियुक्त गरिएका व्यक्तिको विगतको चरित्रलाई समेत विचार गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए । पत्रकारिता पृष्ठभूमिबाट आएका झा पछिल्लो समयमा समाजिक सञ्जालमा लेखेका पोष्टहरु राखेर नै उनको आलोचना भइरहेकोछ ।

प्रदेश प्रमुखबाट बिना कारण परियारलाई बर्खास्त गरेकोमा प्रदेश सरकारका प्रवक्ताले आक्रोश व्यक्तगर्दै प्रदेश सरकार र प्रदेश प्रमुखबीच द्वन्द सुरु भइसकेको संकेत दिएका छन् ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्