Logo
५ जेष्ठ २०८१, शनिबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुश्ल समाजिक अभियान्ता राजकुमार महतोले अब राजनीति गर्ने, नेपाली कांग्रेसमा प्रवेश

कुश्ल समाजिक अभियान्ताको रुपमा चिनिएका राजकुमार महतो राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रदेश २ स्थित सर्लाही घर भई काठमाण्डौ र हेठौडा केन्द्रित समाजिक अभियानमा क्रियाशिल रहेका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिगत २० वर्ष देखि जनस्वास्थ्य पेशामा आबद्ध रही पछिल्लो १५ वर्षदेखि उनी समाजिक अभियन्ताको रुपमा क्रियाशिल छन् । सर्लाहीको चन्द्रनगर गांउपालिकाको बबरगंजमा आयोजित एक कार्यक्रमबीच उनी पार्टीमा प्रवेश गरेका हुन् ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधीले उनलाई नेपाली कांग्रेसमा भित्र्याउँदै पार्टीमा प्रवेश गराएका हुन् । उपसभापति निधीले महतोलाई अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

समाजमा र देशमा बृहत सकारात्मक दिगो परिवर्तनको लागि सिस्टम बाहिर बसेर गरेको कार्यले केही हदसम्म परिवर्तन आए पनि समाजमा ल्याउन खोजेको ठुलो परिवर्तनको लागि सिस्टम भित्र नै जानु पर्ने आवश्यकता महसुस गरी राजनीतिक सेवामा प्रवेश गरेको महतोले बताए ।

‘राजनीति मेरो लागि पेशा होइन सेवा हो’ महतोले भने ‘राजनीतिलाई कमाई खाने भान्डो बनाएको र परिवारवादमा सिमित राखेकोले गर्दा वर्तमान समयमा राजनीतिमाथी जनताको भरोसा कम हुँदै गएको छ ।’

नेकाको जिल्ला सभापति नागेन्द्र यादव, सर्लाही क्षेत्र १ का संघीय सांसदका प्रत्यासी तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पुर्व मन्त्री रामकृष्ण यादव, प्रदेशसभा सांसद उपेन्द्र कुशवाहा, पूर्वमन्त्री डीना उपाध्याय, नेका धनुषा सभापति सरोजराय यादव लगायतका नेताहरुको उपस्थितिमा उी कांग्रेसमा प्रवेश गरेका हुन् ।

महतोसिँगै नेकपा र जसपा त्यागी अन्य नेताहरु कार्यकर्ताहरु पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्