निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेका छन् । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुगेका हुन् ।
यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए ।
बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा छलफल गर्नका लागि ओली आज निर्वाचन आयोग गएका हुन् ।
साथै उनले आफूहरु नै नेकपा आधिकारीक भएको निर्वाचन आयोगमा दावी गर्ने पनि स्रोतले बताएको छ ।