Logo
७ असार २०८२, शनिबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशकै ठूलो ढल्केवर सवस्टेशन प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ठूलो क्षमताको सबस्टेसन ढल्केबरमा सोमबार उद्घाटन गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेर आज सोमबार प्रधानमन्त्रीबाट उदघाटन गरिएको हो ।

प्रधानमन्त्रीले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० केभी सवस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०/१३२ केभी ढल्केबर सवस्टेसनको उद्घाटन गरेका हुन् ।

यसबाट देशको पूर्व-पश्चिम र नेपाल-भारतबीच करिब हजार मेगावाट विद्युत प्रसारण गर्नसकिने बताइएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले ढल्केबर सबस्टेसन हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो भएको बताएका छन्। सबस्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको छ ।

प्राधिकरणले सुख्खायाममा नेपालमा विद्युतको उत्पादन कम भएको अवस्थामा ढल्केबर स्टेसनमार्फत थप १०० मेगावाट विद्युत ल्याउन सहज हुने बताएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ ।७ सय मेगावाटसम्म भारतबाट आयात गरिँदै आएकोमा आवश्यक परे ८ सय मेगावाटसम्म विद्युत आयात गर्न सकिने भएको हो ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणले बताएको छ ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर-मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ ।

यस्तै ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको छ ।

 

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्