Logo
१८ बैशाख २०८१, मंगलबार
(January 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित

नेपाल सुनचाँदी व्यवसायी महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारण सभामा नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् ।

महासङ्घको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएको हो ।

साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएको छ । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् ।

एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।

साधारणसभाको गएको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता संघठन हो ।

देशको सङ्घीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासङ्घका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्लारनगर सङ्घको अलावा एसोसिएट्स सदस्य तथा वस्तुगत संघहरु यस महासंघमा आबद्ध छन् ।

प्रकाशित मिति: Jan 11, 2021

प्रतिक्रिया दिनुहोस्