Logo
१२ जेष्ठ २०८२, आईतबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चले रिट नहेरेपछि पेनरले नेपाल छोड्दै

काठमाडौँ । मधेशकेन्द्रित नेपाली राजनीतिक प्रक्रियामा चासो राखेर सामाजिक सञ्जालका टिप्पणी गर्दै आएका आरोपमा दुई दिन भित्र नेपाल छोड्न आदेश पाएका क्यानाडेली नागरिक रोबेर्ट पेनरले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई हुन नसकेपछि उनी नेपाल छाडने भएका छन । 
उनले सर्वोच्चले आफ्नो रिट सुनुवाइ गर्न नसकेकाले आजै राती आफुले नेपाल छोड्नुपर्ने भन्दै ट्वीट गरेका छन् । न्यायाधीश ओमप्रकाश मिश्रको इजलासमा परेको पेनरको रिटमा बेन्च बस्न नभ्याएकोु भन्दै आज सुनुवाइ हुन नसकेको हो । यसअघि अध्यागमन विभागले दिएको दुइ दिने म्याद बिहिबारै सकिदैँछ । 
उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाऊ भन्दै पेनरले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  अध्यागमन विभागले उनलाई ‘वर्किङ भिसा दुरूपयोग’ गरेर नेपालको आन्तरिक राजनीतिमा ‘अनावश्यक चासो लिने र उत्तेजनात्मक टिप्पणी’ गर्ने गरेको भन्दै उनको भिजा रद्द गरेको बताएको थियो ।
अध्यागमन विभाग, महानगरीय प्रहरी परिसर, जावलाखेल,कालीका स्थान, प्रहरी प्रधान कार्यालय, नक्साल, गृह मन्त्रालय, सिंहदरबार, र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षी बनाइ निवेदन दिएका छन् ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्