आज देशभर १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु
नेपालमा आज १ हजार ४९० जनामा कोरोना पुष्टि भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ। आज देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ।आज ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ। आज देशभर १६ हजार ५४७ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।