जन्मने बित्तिकै बच्चा उठेर बसेपछि…!
यो संसारको सृष्टि पनि अचम्मको हुने गर्छ । सृष्टिको नियम अनुसार हरेका सजिब प्राणीको बंश बढाउनको लागि फटिलाइजेसन अथवा सन्तान जन्माउने प्राकृतिक नियमै नै हुने गर्छ ।
सजीव प्राणीमध्येकै सर्वश्रेष्ठ मानिने मानव जाति एक हो । कहिलेकाही हामीले सन्तान जन्माउदाँ खेरी यस्तो अनौठो तर कारुनिक घटना घट्ने गर्छ ।
यस्तै एक घटना भारतमा घटेको छ । यो घटना भारतको बिहारको हो जुन जन्मने वितिकै बालक उठेर बसेपछि सबै हैरान भएका छन् ।
भारतको बिहारमा नवीन गुनीको श्रीमतीले यो बच्चा जन्माएकी हुन् । बच्चा जन्मदा बित्तिकै उठेर बसेको परिवारले बताएका छन् ।
भ्यागुतो जस्तो देखिने बच्चा भुईमा, कुर्सीमा आनन्दले बस्न सक्छ ।स्थानियहरुले बच्चालाई भगवानको रुप मनेर पुजा अर्चना गरिरहेका छन् ।
टाढा टाढाबाट मानिसहरु आएर पुजा गरेका छन् । यसलाई डाक्टरहरुले जेनेटिकली डिर्सअर्डर भनिरहेका छन् । यो रोग १० हजार मानिसहरुमा १ जनालाई यो समस्या हुने गर्छ ।
डाक्टरको अनुसार यस्ता बच्चाको आयु निकै छोटो हुन्छ । यस्ता बच्चालाई इश्र्वरको वरदान मान्नु अन्धविश्वास हो । चमत्कार जस्तो कुनै कुरा नै हुदैँन ।
बच्चा जन्मनु भन्दा पहिला नै सोनोग्राफी गरेको भएमा यो समस्या पहिले नै पत्ता लाग्ने थियो । एजेन्सी