Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्स सहन नसके पछि जेलमै यस्तो बवाल !

काठमाडौं । यौन उन्मादमा के सम्म हुदैँन , यस्तै घटना सार्वजानिक भएको छ ।

 सेक्सको भोक मेटाउन मानव भौतारिरहेको हुन्छ । उसले जस्तोसुकै कदम उठाउन पनि पछाडी पर्दैन् । सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ ।
खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् ।
 केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर फर्कन लागेकी थिइन् ।
अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरो वाहिर आएको हो । ‘मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्ू,’ जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ ।
यसपछि श्रीमानले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए ।
‘उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो,’ जेल सेवाका प्रवक्ताले भने–‘यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।’
केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो ‘गम्भीर र खतरनाक कुनै कारण नभएकाले’ उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ । 
उनका श्रीमान लामो समयदेखि जेल जीवन विताउँदै आइरहेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्