राष्ट्रपतिबाट कोरोना उपचार कोषमा पारिश्रमिक र चाडपर्व खर्च प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड -१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् ।