Logo
२३ बैशाख २०८१, आईतबार
(February 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत प्रकरण : गच्छदार पुगे बालुवाटार, शर्मिला र आशाको कडा प्रतिक्रिया

काठमाडौं, फागुन १६ । चौतर्फी आलोचनापछि विवादास्पद दुई महिलालाई राजदूतमा सिफारिश गरिएको निर्णय सरकारले फिर्ता लिएको समाचार आएसँगै ओमानको लागि सिफारिसमा परेकी शर्मिला पराजुलीले समाचारको कुनै सत्यता नभएको प्रतिक्रिया दिएकी छिन् ।

फोरम लोकतान्त्रिको कोटाबाट ओमानको लागि राजदूतमा सिफारिश भएकी उनले आफ्नो नाम फिर्ता लिनेबारेमा सरकारी र सम्बद्ध दलबाट आफूसँग कुनै जानकारी नआएको समेत दाबी गरिन् । उनले आफूमाथि सरकारले विश्वास गरेर राजदूतमा सिफारिस गरेको भन्दै अहिलेसम्म सो निर्णय कायम रहेको दाबी गरिन् ।

प्रधानमन्त्री कार्यालयका एक सचिवले सिफारिसको निर्णय अहिलेसम्म कायमै रहेको भएपनि विवादलाई ध्यान दिएर संसदीय समितिमा सुनुवाइको लागि पठाउने बेला नाम काट्न भने सकिने बताए ।

यस्तै संयुक्त अरब इमिरेट्स (युएई) को लागि राजदूतमा सिफरिश भएकी आशा कुमारी लामाले अाफ्नाे नाम सरकारले राजदुतबाट फिर्ता लिएको नभई सिफारिश गरेको प्रतिक्रिया दिएकी छिन् ।

आफ्नो बारेमा मिडियामा आएका कुराहरु सबै झूट भएको दाबी गर्दै उनले आफ्नो नाम राजदूतबाट फिर्ता लिइएको भन्ने समाचारको कुनै सत्यता नरहेको दाबी गरिन् ।

आफूमाथि सरकारले विश्वास गरेर राजदूतमा सिफारिस गरेको भन्दै अहिलेसम्म सो निर्णय कायम रहेको उनको दाबी छ । उनी कांग्रेसको कोटामा युएईको लागि राजदूतमा सिफारिश भएकी थिइन् ।

उनी र अर्की सिफारिशमा परेकी शर्मिला पराजुलीको नामबारे विभिन्न टिकाटिप्पणी भएसँगै प्रधानमन्त्री कार्यालयले सिफारिशमा परेका १४ राजदूतमध्ये यी दुईको नाम बैठकको निर्णयको माइन्युटबाटै हटाइएको समाचारमा दाबी गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयका एक सचिवले सिफारिसको निर्णय अहिलेसम्म कायमै रहेको भएपनि विवादलाई ध्यान दिएर संसदीय समितिमा सुनुवाइको लागि पठाउने बेला नाम काट्न भने सकिने बताए ।

उनी कांग्रेसको कोटामा युएईको लागि राजदूतमा सिफारिश भएकी थिइन् । उनीहरुबारे विभिन्न टिकाटिप्पणी भएसँगै प्रधानमन्त्री कार्यालयले सिफारिशमा परेका १४ राजदूतमध्ये शर्मिला र आशाकुमारीको नाम बैठकको निर्णयको माइन्युटबाटै हटाइएको समाचारमा दाबी गरिएको थियो ।

अहिले विवादमा तानिएका दुबै महिला म्यानपावर व्यवसायी हुन् । यसैबीच राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले नियुक्तिबारे विवाद देखिएपछि अबको मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिक्रिया दिएका छन् । उनले राजदूत नियुक्ति जस्तो निर्णय विवादमा आउनु दुःखद भएको समेत बताए ।

गच्छदार पुगे बालुवाटार

त्यस्तै,परराष्ट्र मन्त्रालयले राजदूतमा प्रस्तावित आशा लामा र शर्मिला पराजुलीको नाम फिर्ता लिएपछि त्यसको प्रतिवाद गर्दै लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार प्रधानमन्त्री गुहार्न बालुवाटार पुगेका छन् ।

लामा कांग्रेसको कोटामा युएईका लागि राजदुत नियुक्त भएकी थिइन् भने पराजुली लोकतान्त्रिक फोरमको कोटामा ओमानका लागि राजदुत नियुक्त भएकी थिइन् ।  ‘मलाई अप्ठ्यारो पर्छ, जसरी भए पनि उहाँको नाम राख्नुपर्यो,’ गच्छदारलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

गच्छदारको सिफारिसमा खाडी मुलुक ओमानका लागि राजदूत नियुक्त पराजुलीलाई ओली सरकारले पनि यही देशका लागि राजदूत बनाउन खोजेको थियो । वैदेशिक रोजगार व्यवसायीको प्रत्यक्ष स्वार्थ जोडिने मुलुक ओमानका लागि राजदूत नियुक्त पराजुली आफैं म्यानपावर कम्पनीसँग सम्बन्धित छन् ।

उनका श्रीमान् फ्लोरिड रिसोर्स सोलुसनका सञ्चालक हुन् भने जेठाजू कमल ढकाल सोही म्यानपावरमा आबद्ध छन् । खाडीका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बिएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्ट समेतमा पराजुलीको परिवार संलग्न छ। रोयलले युएई लगायत खाडीका अन्य मुलुकमा कामदार आपूर्ति गर्ने गरेको छ ।

स्रोतका अनुसार राजदूत सिफारिसको प्रस्ताव परराष्ट्रले औपचारिक रूपमा मन्त्रिपरिषद लगेकै थिएन। गत सोमबारको मन्त्रिपरिषदमा मन्त्रीहरूले नै आ–आफ्नो दलीय कोटाबाट १४ जना राजदूतको नाम प्रस्ताव गरे र त्यसैमा स्वीकृत गराए। ती १४ मध्ये म्यानपावर व्यवसायीसमेत रहेका लामा र पराजुलीको नामसमेत परेपछि मन्त्रिपरिषद निर्णयको विरोध भयो ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री महतले विरोधको कारण देखाउँदै यी दुई जनाको नाम झिक्नुपर्ने प्रस्ताव राखेपछि देउवाले भने, ‘ठिक छ, तिमीले नै थाम्न सकेनौ भने फिर्ता लिए हुन्छ, तर एकचोटि गच्छदारजीसँग पनि कुरा गर्नू ।’ त्यसपछि महतले गच्छदारलाई टेलिफोन गरे।

उनले सुरुमा आनाकानी गरे। महतले स्थिति अवगत गराउँदै भने, ‘तपाईंको मात्र सिफारिस झिक्ने होइन, कांग्रेसको आफ्नै सिफारिसको नाम पनि फिर्ता लिने हो ।’ जवाफमा गच्छदारले भने, ‘उसो भए मलाई आधा घन्टा टाइम दिनुस् ।’

गच्छदारले आधी घन्टापछि महतलाई आफैं फोन गरे । ‘नाम फिर्ता लिने हो भने यसको जवाफ पनि तपाईंहरू आफैं दिनुस्,’ गच्छादारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यत्रो विरोध भएपछि अब तिमीहरूको एग्रिमो आउन गाह्रो हुन्छ, त्यही भएर तिमीहरूको नाम फिर्ता लिनुपर्ने भयो भनेर जवाफ दिनुहोला ।’

 

प्रकाशित मिति: Feb 27, 2017

प्रतिक्रिया दिनुहोस्