काठमाण्डौमा किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते
काठमाडौँ महानगरपालिका-१६, नयाँ बजारको फलफूल चोकस्थित किरियापुत्री बसेको घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ ।
किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । निलकुमारी क्षेत्रको घरमा बिस्फोट भएको हो ।
स्रोतको अनुसार सुरुमा भुइँ तलाको भर्याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो ।
विस्फोटमा ११ जना घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटबाट ठूलो क्षति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी घटनास्थलमा पुगेका छन् ।
विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।