Logo
१८ बैशाख २०८१, मंगलबार
(October 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेचर सुपरमार्केट प्रा.लि.दशैं पछी सञ्चालनमा आउँदै

काठमाडौं :काठमाडौंको मैतीदेवीमा नेचर सुपरमार्केट प्रा.लि. सञ्चालनमा आउने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दशैं लगत्तै नेचर सुपरमार्केट सञ्चालनमा आउने सो सुपरमार्केटका अध्यक्ष जनक धामीले बताए ।

व्यवसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट प्रा.लि. खुल्न लागेको हो । बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराइने अध्यक्ष धामीले जानकारी दिए ।

अध्यक्ष धामीले स्थापनाको एक वर्ष भित्र काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने बताए । काठमाडौं उपत्यका पछि देशका प्रमुख शहरहरुमा नेचर सुपरमार्केटको शाखा विस्तार गर्ने उद्देश्य रहेकोसमेत धामीले बताए ।
सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पुर्‍याइने उनले बताए । मूल्यमा एकरुपता कायम गर्दै उपभोक्ताको आवश्यकता र माग अनुसार शहरदेखि गाउँसम्म गुणस्तरीय सामानहरु बिक्री वितरण गरिने उनको भनाइ थियो ।

प्रकाशित मिति: Oct 10, 2020

प्रतिक्रिया दिनुहोस्