डीआईजीको सरुवाः अ.नि.ब्यूरोमा प्रकाश अर्याल, रानीपोखरीमा बमबहादुर
११ फागुन, काठमाडौं । नेपाल प्रहरीका १७ प्रहरी नायव निरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्रालयले सोमबार गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालयले बुधबार मात्र सार्वजनिक गरेको छ ।
ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ । बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ ।
अर्याल र भण्डारी पनि प्रहरी प्रमुख बढुवाका दावेदार थिए । अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ ।
यो सरुवामा प्रहरी महानिरीक्षकमा बढुवा गरिएका जयबहादुर चन्दविरुद्ध मुद्दा हाल्ने नवराज सिलवाल परेका छैनन् ।
हेर्नुहोस् सरुवा सूची: