Logo
६ असार २०८२, शुक्रबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका महामन्त्री शशांक कोइराला ज्वरो बढेपछि अस्पताल भर्ना

नेपाली कांग्रेसका महामन्त्री  डा.शशांक कोइरालाको शरीरमा ज्वरो बढेपछि अस्पतालमा भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

नेता शशांकको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ ।

टोलीमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेश सुन्दर श्रेष्ठ लगायत छन् ।

डा। शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ओम हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्