Logo
१८ बैशाख २०८१, मंगलबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

प्रदेश नं २ स्थित धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

विदेह नगरपालिका-८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए  ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड-१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए ।

डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ ।

यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगे

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्