Logo
३ आश्विन २०८२, शुक्रबार
(July 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी र्‍यापर कान्य वेष्टले राष्ट्रपति चुनावका लागि सुरु गरे अभियान

अमेरिकी र्‍यापर कान्य वेष्टले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।

४३ वर्षका वेष्टले केही हप्ताअघि राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । वेष्टले साउथ क्यारोलाइनाको चार्ल्सटनमा र्‍याली गरेर चुनावी अभियानको सुरुवात गरेका छन् ।

उनका फ्यानहरुले अन्तिम समयमा आएर गरेको उम्मेदवारी घोषणालाई प्रचारको अभियानका रुपमा लिएका छन् ।र्‍यालीमा उनले आफ्ना नीतिहरुबारे बताएका छन् । उनले आफू गर्भपतनको पक्षमा रहेको बताएका छन् ।

आउँदो नोभेम्बर ३ मा हुने चुनावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन प्रतिस्पर्धामा छन्।(एजेन्सी)

 

प्रकाशित मिति: Jul 20, 2020

प्रतिक्रिया दिनुहोस्