Logo
१८ बैशाख २०८१, मंगलबार
(January 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निकटकालाई आइजीपीमा निम्त्याउन अर्यालको सक्रियता !

रोशन कार्की , काठमाडौं । नेपाल प्रहरीमा रोलक्रममा आधारमा हुँदै आएको बढुवा प्रकृयामा पछिल्लो समयमा क्रमभंङगता हुने प्रायःनिश्चित भएको खबर चर्चामा आएको छ । त्रिभुबन अन्तर्रािष्ट्रय विमानस्थलबाट बाहिर सकेको ३३ किलो सुन बरामद पछि प्रहरी प्रशासन र दलभित्र नै खैलाबैला मञ्चिएपछि भाबी आइजीपी बन्नबाट डिआईजी नबराज सिलवाल बञ्चित हुने अबस्था पछिल्ला घटनाक्रमले प्रष्ट्याएको छ ।

०६२ ÷६३ को आन्दोलनपछि सबैभन्दा लामो समय नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने अवसर पाएका उपेन्द्रकान्त अर्याल आगामी फागुन २ गतेदेखि अवकाश हुँदैछन् । अबकाश हुनुभन्दा एक महिनाअघि विदामा बस्ने परम्परा भए पनि आफु अनुकुलको आइजीपी नियुक्ती गर्नकै लागि अर्याल विदा नबसेर शक्ति केन्द्र धाउदैँ आएको प्रहरी संगठन भित्र सुन्न पाइन्छ ।

निकटकालाई आइजीपीमा निम्त्याउनका लागि अर्यालको सक्रियता हो समाचार स्रोतले भन्यो । आइजीपी अर्याल आफु अनुकुलको आइजीपी बनाउन शक्तिकेन्द्रहरुलाई रिझाउन व्यस्त रहेको आरोप समेत लगाइएको छ । अर्यालले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन् । आइजीपी अर्यालले अवकाश पाउन २० दिन मात्रै बाँकी रहँदा प्रहरीको नेतृत्व कसले सम्हाल्ने भन्ने सबैको चासो अहिले चौतर्फी बढेको छ ।

नियम अनुसार नेपाल सरकारले एआइजी मध्येबाट आइजीपी बनाउनुपर्ने भए पनि उपेन्द्रकान्तसँग एउटै ब्याचका एआइजीहरु भएकाले अर्यालसँगै सबै एआइजी घरजाने अवस्था छ । र, यसको सोझो फाइदा डीआइजीहरुलाई हुनेछ । हाल नेपाल प्रहरीमा हाल प्राविधिकतर्फ बाहेक २७ जना डीआइजी छन् ।

अब यिनै डीआइजी मध्ये २ नम्बरका प्रकाश अर्याल र ३ नम्बरमा परेका डिआईजी जयबहादुर चन्दलाई आइजीपी बनाउने खेल प्रहरीभित्र तीब्र भएको छ । एआइजी नभए डीआइजीमध्ये उत्कृष्टलाई आइजीपी बनाउन सक्ने नियमावलीमा व्यवस्था छ । यसैवीच अहिले नेपाल प्रहरीको नेतृत्व सम्हाल्न ४ डीआइजीवीच प्रतिस्पर्धा चलेको छ ।

डिआईजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीको आगामी आइजीपी बन्ने भन्ने बारे चर्को प्रतिस्पर्धा देखि शक्तिकेन्द्र धाउने क्रममा समेत तीव्रता आएको छ । उनीहरु प्रहरीको सेवा प्रवेशदेखि डिआइजी बढुवा हुँदासम्म एउटै समुहमा डिआइजी हुन । यीनै चार जनाबाट छानेर एक जनालाई नेपाल प्रहरीको आइजीपी बनाउनु पर्ने बाध्यता सरकारलाई रहेको छ ।

हाल केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व सम्हालिरहेका सिलवाल प्राविधिक कारणले वरियताको एक नम्बरमा रहेका डीआइजी हुन । ४४ सालमा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका सिलवाल, अर्याल, चन्द र भण्डारी एउटै ब्याजी समेत रहेका छन् । चारैजना ०६९ सालमा डीआइजीमा बढुवा भएका थिए ।

चार जनामध्ये प्राविधिक कारणले उनी डिआइजी हुदाँ पनि एक नम्बरमा रहेका सिलवाल आफु आइजीपी हुने कुरामा निक्कै आशावादी देखिएका थिए तर पछिल्लो पटकको घटनाक्रमले उनी आइजीपी बन्ने बाटोमा तगारो बन्दै गएको छ ३३ किलो अबैध सुन आयात काण्ड ।

तर, उनको सो कार्यशैलीलाई नेताहरुले मन नपराएका कारण र आइजीपी बनाएमा आफुहरु सुरक्षित नहुने भन्दै सिलवालको बिकल्प खोजी भएको स्रोतको भनाई रहेको छ । उनीसँगै प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी पनि सँगै बढुवा भए । ०६९ सालमा डीआइजीमा बढुवा भएका सिलवाललाई ०७० सालमा दोस्रो पटक संविधानसभाको निर्वाचन गराउन पूर्वक्षेत्रको कमाण्ड सम्हाल्न पठाइएको थियो ।

पछिल्लो समय सीआइबीको नेतृत्व सम्हालेपछि नक्कली प्रमाणपत्रधारी डाक्टरदेखि पाइलटसम्मलाई कार्वाहीको दायरामा ल्याएका सिलवालले ३४ किलो सुन बरामद गरेपछि उनको चर्चाको चुलिमा पु¥याएपनि सोही कारण उनी आइजीपी बन्नलाई अबरोध सृजना भएको अनुमान उनी निकट केही सुरक्षाकर्मीहरुले गरेका छन् ।

३३ केजी सुनसंगै उच्च पदस्थ कर्मचारी र नेताहरु समेत सो काण्डमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि आफु अबैध कारोबारबाट चोखिनकै लागि पनि सिलवाललाई नियुक्ती नगरि अन्यलाई गर्ने भित्रि रणनीति सरकारको रहेको समेत सुरक्षाकर्मीकै भनाई रहेको छ ।

सिलवालसँगै आइजीपीको प्रतिस्पर्धामा रहेका प्रकाश अर्याल हाल ट्राफिक महाशाखामा छन् । डीआइजी अर्यालले एसपी हँदा रुपन्देही जिल्लाको नेतृत्व सम्हालेका थिए ।

आइजीपीका अर्का प्रतिस्पर्धी जयबहादुर चन्द द्वन्द्वकालमा सबैभन्दा बढी उपत्यका बाहिर बस्ने अधिकृत हुन् । चन्दलाई आइजीपी बनाउने कुरामा सुदुरपश्चिम अञ्चल नै लागेको छ ।

नेपाली कांग्रेसका सभापति नै चन्दको पक्षमा लागेको नेपाली कांग्रेस स्रोतले बताएको छ । सिलवाल बाहेक अर्याल वा चन्दलाई आइजीपी बनाउन लागेका कारण पनि आइजीपी अर्याल विदामा नबसेर चलखेललाई तिब्र बनाएका छन् ।

आइजीपीको प्रतिस्पर्धामा रहेका मध्ये अर्का डीआइजी बमबहादुर भण्डारीले पनि भित्रभित्रै आफ्नो सक्रियता बढाएका छन् । संगठनभित्र निकै शालीन मानिएका भण्डारी फिल्डमा भन्दा अनुसन्धानमा दख्खल राख्ने प्रहरी अधिकृत हुन् ।

प्रकाशित मिति: Jan 26, 2017

प्रतिक्रिया दिनुहोस्