Logo
१८ बैशाख २०८१, मंगलबार
(July 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाडी र मलेसियामा समस्या रहेका नेपालीलाई आइएलओले दियो ५ करोडभन्दा धेरै अनुदान

आइएलओले खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनएलाई ४ लाख २४ हजार ३१० डलर अनुदान दिने भएको छ ।

नेपाली पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ ।

कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा अनुदान रकम खर्चिने एनआरएनका अध्यक्ष कुमार पन्तले बताउनुभएको छ ।

उनले सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रूपमा लिएको बताएका छन् ।

आइएलओले विशेषगरी कोभिड-१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ यो आर्थिक सहयोग गरेको जनाएको छ ।

सङ्घले यी देशमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारीसमेत गरेको छ ।

ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मश दिने पनि सङ्घको तयारी छ ।

आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको छ ।

प्रकाशित मिति: Jul 5, 2020

प्रतिक्रिया दिनुहोस्