Logo
१८ बैशाख २०८१, मंगलबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य उपचारका लागि दिल्ली गएका ठाकुर, मोदीलाई भेटेर फर्किए

काठमाडौं । लामोसमयको भारत बसाई पछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष अध्यक्ष महन्थ ठाकुर मंगलबार स्वदेश फर्किएका छन् । उनी भारतिय प्रधानमन्त्रि नरेन्द्रमोदी सग भेटघाट गरी फर्केका हुन भने स्वास्थ्य उपचारका लागि उनी केहि साता अघि भारत पुगेका थिए । 
भारतको मध्यप्रेदेश स्थित उज्जैन समेत पुगेका ठाकुरले त्यही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गरेका थिए ।  काठमाडौं फर्किन्न ठिक्क परेको ठाकुर मोदीसँगको भेटको समय मिलेपछि उज्जैनमा जारी कुम्भ मेला र ४० देशका प्रतिनिधि सहभागी अन्तर्राष्ट्रिय सम्मेलनमा पाहुना भएर उज्जैन पुगेका थिए । 
समाचार स्रोतका अनुसार वैशाख ३१ मा उज्जैन गएका ठाकुर जेठ(१ मा त्यहाँ आयोजित विशेष समारोहमा सहभागिता जनाएका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग त्यही भेटवार्ता भएको थियो । ठाकुरले त्यहाँको औपचारिक समारोहलाई सम्बोधन गर्नुका साथै कार्यक्रममा सहभागि श्रीलंका, भूटान, न्यूजील्यान्डलगायत विभिन्न देशका नेताहरुसँग भेटवार्ता गरेका थिए । 
भारतमा उनीसँगै रहेका तमलोपा सभासद केदारनन्दन चौधरीले ठाकुरको उच्चस्तरीय राजनीतिक भेटवार्ता भएको बताए । उनले भारतीयसहित अन्य देशका पनि नेताहरुसँग भेटवार्ता भएको जनाए । दिल्लीमा रहँदा ठाकुरले गृहमन्त्री राजनाथ सिंह, प्रतिपक्षी कांग्रेस आईका वरिष्ठ नेता करण सिंह लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटमा के–के कुराकानी भयो त्यसबारे भने केहि खोलाइएको छैन । 

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्