Logo
११ असार २०८२, बुधबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिबन्धित ‘विप्लव माओवादी’का नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

प्रतिबन्धित नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् । उनी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् ।

शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्