Logo
६ जेष्ठ २०८१, आईतबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी, चाँडै रिहा हुने

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् ।

सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

जोन हप्किन्स विश्विद्यालयका अनुसार कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ ।

बिहीबार थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कूल संक्रमितको संख्या ७ हजार ७ सय ६४ पुगेको हो ।

कोरोना संक्रमणका कारण कतारमा १० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्