Logo
२९ श्रावण २०८२, बुधबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी, नेकपा सचिवालयको आकस्मिक बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् ।

यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी  शर्मा  ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठक प्रधानमन्त्रीको निवासमा जारी रहेको छ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्