Logo
२२ बैशाख २०८१, शनिबार
(December 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब बलात्कारीलाई २० वर्षसम्म कैद हुने

काठमाडौं । अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ। बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ ।

सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।

मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो। उपसमितिले बाल बलात्कारको सजायमा दोब्बर बनाएको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

विधेयकमा बलात्कार लगायतका घटनामा पीडितलाई पीडकबाट तत्काल भराउन सक्ने अवस्था नभएमा राज्यकोषबाट अन्तरिम क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ।

प्रकाशित मिति: Dec 31, 2016

प्रतिक्रिया दिनुहोस्