Logo
१८ बैशाख २०८१, मंगलबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस्ताकालयमा सिनेमाण्डुको २६ औँ शृङ्खला

काठमाडौं । काठमाण्डौको न्यूरोड स्थित रहेको नेपाल–भारत पुस्ताकालयमा विश्वचर्चित कवि स्वर्गीय रविन्द्रनाथ टगौरको जन्मोत्सवको अवसरमा उहाँको जिवनमा आधारित फिल्म प्रर्दशन गरिएको छ । 
विपी कोइराला नेपाल–भारत फाउण्डेसनको सहयोगमा २६ औं संस्करण अन्तरगत सिनेमान्डुले आयोजना गरेको कार्यक्रममा फिल्म प्रर्दशन गरिएको हो । 
उक्त कार्यक्रममा नेपालका चर्चित लेखक, फिल्म मेकर, उपन्यासकार प्रकाश सायमीले स्वर्गीय टगौरको बारेमा आफना विचार राखेका थिए । उनले नेपाली साहित्यमा टगौरको छाप बारे चर्चा गरेका थिए । 
कार्यक्रममा नेपाल स्थित भारतीय दुतावासका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार, साहित्यकार, लेखक लगायतका विभिन्न क्षेत्रका व्यक्तीहरुको उपस्थिती थियो ।  फोटो : गोविन्दा साह फेसबुक 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्