गार्इ हत्यारालाई कारवाही माग गर्दे राजधानीको सडक तात्यो:भिडियो
काठमाण्डौ,१५ पुस । गार्इ हत्यारालाई कारबाही गर भन्दै राजधानीको सडक तातेको छ । कैलालीको गोदावरीमा गत पौष ४ गते दर्जनौं गार्इको निर्ममता रुपले हत्या भएको बिरुद्धमा हिन्दु जागरण नेपालले सशक्त बिरोधको कार्यक्रम गर्दै आएको छ । आज काठमान्डौको पशुपतिनाथ मन्दिरदेखि गौशाला हुँदै चाबहिलसम्म र्यालीको आयोजना भएको थियो ।
हिन्दु जागरण नेपालको आयोजनामा स्वस्फर्तरुपमा आम नागरिकको जनसहभागिताका साथ बिरोध कार्यक्रम सम्पन्न भएको हो ।पशुपतिनाथ मन्दिरदेखि यात्रा गरेर चाबहिलमा कोण सभा गरि आजको कार्यक्रम सम्पन्न भएको छ । कोण सभामा बिभिन्न वक्ताहरुले गौ हत्यारालाई कानुन बमोजिम सजाय दिनु पर्ने र नेपाल हिन्दुराष्ट्र घोषणा गरेर नेपाललाई धर्म परिवर्तन मुक्त नेपाल बनाउने कुरामा जोड दिनु भएको थियो ।