Logo
१७ बैशाख २०८१, सोमबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९० दिनपछि निगमका कर्मचारीले ९० करोड बोनस पाउने

काठमाडौं । नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् । निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको आजको कारोबार दैनिकले जनाएको छ ।

बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टानु पर्छ ।  गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शिर्षकमा ९० करोड छुट्टाएको हो ।
निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्त गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ । निगमको १५ दिनको नाफा ४० देखि ६० करोडसम्म हुन्छ ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्