Logo
२७ श्रावण २०८२, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारबाट स्पष्ट निर्देशन नहुँदा सेयर बजार खुला

सरकारले अत्यावश्यक सेवामा नराखेको सेयर कारोबार स्पष्ट निर्देशन नहुँदा आइतबार सेयर बजार खुलेको छ ।

सरकारको स्पष्ट निर्देशन नआएकाले नेप्सेले अनलाइन कारोबार सुरु गरेको नेप्सेका एक अधिकारीले बताए ।

“के गर्ने भन्ने अन्योल थियो, नेप्से सञ्चालक समितिले आधा घन्टा अघि निर्णय गर्नुपर्ने भएपनि त्यसो हुन नसक्दा कारोबार खुलेको हो,” उनले भने ।

धितोपत्र दलालहरुले भने आइतबारबाट कार्यालय नखोल्ने निर्णय गरेका छन् । नेप्सेले अनलाइन प्रणालीबाट कारोबार सुरु गरेको भए पनि ब्रोकरमार्फत् भने कारोबार नहुने बताएका छन् ।

नेप्से स्थिर छ,नेप्से खुलेपछि परिसूचक निलो देखाएको छ । लगानीकर्ताले भने नेप्से कारोबार खुले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्