Logo
७ जेष्ठ २०८१, सोमबार
(March 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना भाइरसको त्राससँगै थपियो डेंगी संक्रमण, ३६ जनामा भेटियो

अहिलेको बर्तमान समयमा कोरोनाका कारण विश्वभर नै त्रास भइरहेको छ । सो त्रास नेपालमा पनि देखिएको छ र यसैबीच फेरी नेपालमा डेंगी संक्रमणसमेत देखिएको हो ।

गर्मी मौसमसँगै फैलिने डेंगी रोगको कारण नेपालमा अघिल्लो सालमा धेरै जनाको ज्यान गएको थियो । यो रोगका विरामी हाल २ महिनामा ३६ जनाको संक्रमण भटिएको छ ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको हो ।

प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो।
डेंगी रोग पनि महामारी फैलन सक्ने भन्दै महाशाखाले सचेत रहन समेत सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: Mar 15, 2020

प्रतिक्रिया दिनुहोस्