मन्त्री बास्कोटाको राजीनामा पछि बालुवाटार छलफलमा जुटे अध्यक्षद्वय
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुस्पकमल दाहाललाई अपरझट बालुवाटार बोलाएका छन् ।
ओलीले पछिल्लो समयको राजनीतिक घटनाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न अध्यक्ष प्रचण्डलाई बालुबाटारमा बोलाएका हुन् ।
विहिबार मात्रै सञ्चार तथा सुचनामन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन डिल गरेको अडियो सार्वजननिक भएपछि मन्त्री बास्कोटाले राजीनामा विहिबार दिएका थिए ।
‘बर्तमान भईरहेको घटनाक्रमका विषयमा म छलफल गर्न अहिले बालुबाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।
दुई अध्यक्ष तथा प्रधानमन्त्रीबीच मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर, एमसीसी प्रतिवेदन र पार्टीका बाँकी कामबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
एमसीसी अध्ययन गर्न बनेको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको टोलीले शुक्रबारै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यो बाहेक दुई नेताबीच पार्टी एकतालाई पुर्णता दिन सचिवालय बैठक बोलाउने विषयमा समेत छलफल हुनेछ ।