Logo
१८ बैशाख २०८१, मंगलबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको उत्तराखण्डमा १० नेपालीको मृत्यु

काठमाडौं । भारतको देहरादुनको पहिरोमा पुरिँदा १० नेपाली कामदारहरुको मृत्यु भएको छन् । स्थानीय अधिकारीहरूका अनुसार देहरादुनको सदरमुकामबाट करिब १५० किलोमिटरमा पर्ने चित्रा गाउँमा आइतबार राति हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरूलाई पहिरोले पुरेको हो ।
‍भारतीय सञ्चारमाध्यमले पहिरोमा परी ६ जना घाइते भएको जनाएका छन् ।  पहिरोमा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम भइरहेको छ र त्यहीँ अन्त्येष्टि गरिने बताइएको छ ।
तर, उनीहरूको सम्पूर्ण परिचय अझै खुलेको छैन। उनीहरू नेपालबाट सडक निर्माणको काम गर्न देहरादुन पुगेका थिए । 

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्