Logo
१८ बैशाख २०८१, मंगलबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले गर्ने भनेको सम्बोधन स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। शुक्रबार २ बजे प्रतिनिधिसभा बैठकमा हुने भनिएको सम्बोधन शनिबारको लागि सारिएको छ।

प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको हो। ‘ प्रधानमन्त्री ओलीको आज २ बजे  प्रतिनिधिसभामा सम्बोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण  स्थगित भयो’ थापाले ‘प्रधानमन्त्रीको सम्बोधन भोलि ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ।’

लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उपाध्यायको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० स्थित आफ्नै निवासमा निधन भएको हो।

कांग्रेसकाबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय वि.सं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्