नवनियुक्त IOM डीन डा. जगदिश अग्रवालद्वारा पदभार ग्रहण
काठमाडौं, १९ मंसिर । डा. जगदिश अग्रवालले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनले पदभार ग्रहण गरेका छन् । डा. गोविन्द केसीले २२ औं दिनमा अनसन तोडेकै दिन अग्रवालले पदभार ग्रहण गरेका हुन् ।
डा. केसीको माग सम्बोधन गर्न भन्दै सरकारले यसअघिका डीन केपी सिंहलाई राजीनामा दिन लगाएको थियो । सिंहले राजीनामा दिएपछि वरिष्ठताको आधारमा अग्रवाललाई डीन नियुक्त गरिएको थियो ।