Logo
१४ जेष्ठ २०८२, मंगलबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः आइओएमका डिन सिंहले राजीनामा दिए

sing-nbews

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केपी सिंहले राजीनामा दिएका छन् । बीस दिन अघि डिनमा नियुक्त भएका सिंहले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति तिर्थ खनिया समक्ष राजीनामा दिएका हुन्।

डा. गोविन्द केसीको जीवन भन्दा आफ्नो पद ठूलो नभएको डा. सिंहले जनाएका छन्। वरिष्ठता क्रम तोडेर विश्वविद्यालयले सिंहलाई डिनमा नियुक्त गरेको भन्दै विरोध बढेपछि उनले राजीनामा दिएका हुन् ।

अनसनरत  वरिष्ठ चिकित्सक गोविन्द केसीले वरिष्ठताका आधारमा जगदीश अग्रवाललाई डिन नियुक्ति गर्नुपर्ने माग राख्दै आएका थिए । तर, त्रिवि कार्यकारी परिषद्ले कात्तिक २८ गते सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्