Logo
२५ बैशाख २०८१, मंगलबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सकहरुले भोलीदेखि आकस्मिक उपचार बाहेकका सेवा नदिने

drgovindakcकाठमाडौं, १६ मंसिर ।   प्रा.डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएको सरकारी चिकित्सक संघ (गोदन)ले भोलीबाट सरकारी अस्पतालको आकस्मिक बाहेकका कुनै पनि सेवामा संलग्न नहुने घोषणा गरेका छन् ।

गोदनका महासचिव डा. विष्णुरथ गिरीले दिएको जानकारी अनुसार संघले आफ्ना सम्पूर्ण सदस्यलाई मंसिर १७ र १८ गते आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै अस्पताल प्रांगणमा बसेर डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आग्रह गरेको छ । डा केसीकाे अनशन अाजबाट १९ अाैं दिनमा प्रवेश गर्दा पनि सरकारले वेवास्ता गरेकाे भन्दै संघले अान्दाेलनका कार्यक्रय सार्वजनिक गरेकाे हाे ।

‘डा. केसीको स्वास्थ्य अवस्था निकै नै जटिल अवस्थामा पुग्दा समेत सरकारले वेवास्ता गरेका कारण हामी आन्दोलन गर्न बाध्य भएका हौं,’ गोदनका महासचिवले भने, ‘सरकारले अझै पनि बिलम्ब गर्छ भने हामी थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।’

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्