Logo
८ जेष्ठ २०८२, बुधबार
(November 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु राष्ट्रका स्थापनार्थ खुमबहादुरको पहलमा विशेष भेला

khumbahadur-news-1

काठमाडौं । कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको पहलमा राजधानीको कमलादीमा अहिले विशेष भेला भैइरहेको छ । नेपालमा हिन्दु राज्य निर्माणका लागि दबाब दिन ‘सनातन हिन्दुराष्ट्रका लागि महाअभियान’ले प्रज्ञा भवनमा अहिले गरिरहेको भेलामा सहभागी वक्ताहरुले नेपालमा धर्म निरपेक्षता जबरजस्ती लादिएकोले नेपालमा हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस नेता खुमबहादुर खड्काको अगुवाइमा आयोजित समारोहमा कांग्रेस नेताहरु तारानाथ रानाभाट, लक्ष्मर्ण घिमिरे, चिरञ्जीवि वाग्ले तथा अन्य दलका नेताहरु, विभिन्न पेसाकर्मी, पूर्व प्रशासकहरु, पूर्व सेनापति रुक्मांगद कटवाललगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरु लगायत हजारौ शुभेच्छुकको उपस्थिति रहेको छ ।

भेलामा बाबा तथा गुरुहरुको पनि विशेष सहभागिता रहेको जनाइएको छ । संविधान संशोधनको प्रक्रिया अघि बढ्दै गर्दा आयोजना गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

समारोहमा बोल्ने अधिकांश वक्ताहरुले हिन्दु राज्य नभए धार्मिक विद्रोह हुने चेतावनी दिएका छन् । हिन्दु राज्यको अभियानलाई व्यापक बनाउने निर्णय भेलाले गर्ने समाचार स्रोतले बतायो ।

khumbahadur-news

प्रकाशित मिति: Nov 30, 2016

प्रतिक्रिया दिनुहोस्