Logo
१८ बैशाख २०८१, मंगलबार
(November 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा नदिने आईओएम डीन सिंहको अडान

keshab-sing-deanकाठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डीन केशवप्रसाद सिंहको बर्खास्तीमा अडि्कएको छ । आईओएम डीन सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् । अन्य नौ माग सरकारसित सम्बन्धित रहेको भन्दै उनले आफ्नो राजीनामाको मागलाई लिएर अड्डी नसक्न अनुरोध गरे ।

सरकारी वार्ता टोलीले खनियाँ र सिंहलाई बर्खास्त गर्न कानुनी अड्चन रहेको बताएको छ भने डा. केसी यो माग पुरा बर्खास्त नगरेसम्म आमरण अनसन नतोड्ने अडानमा छन् । उनले भने, ‘वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने सम्बन्धमा सरकारले त्रि.वि पदाधिकारीसहितको डीन नियुक्त समिति गठन गरिसकेको छ । उक्त समितिले मापदण्ड तय गरेपछि नियुक्त हुने डीन वरिष्ठताको आधारमा नियुक्त हुनेमा कुनै विवाद छैन ।’

उनले अघि भने, ‘समितिले बनाएको मापदण्ड मलाई पनि मान्य हुनेछ । डा. केसीले पनि यसलाई मान्नुपर्छ ।’ साथै उनले डा. केसीका नौवटा मागमा सरकारले काम गरिरहेको भन्दै त्यसलाई संस्थागत गरेर अघि बढ्न सुझाव दिए ।

डा. सिंह भन्छन्, ‘एमबीबीएसका विद्यार्थीहरुलाई ३५ लाख बढी शुल्क लिन नपाउने विषयमा हामीले पुरानो व्यवस्थालाई कायम गर्दै परिपत्र समेत गरिसकेका छौं । आइओएमलाई स्वायत्त बनाउन पनि काम गरिरहेका छन् । डा. केसीका माग पुरा गर्न मेरो तर्फबाट पनि प्रयास गरिरहेको छु ।’

प्रकाशित मिति: Nov 30, 2016

प्रतिक्रिया दिनुहोस्