Logo
१८ बैशाख २०८१, मंगलबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब युवतीले प्रेमीलाई हिउँ परिरहेको सडकमा नाङ्गो दौडाइन् …

nangaiरुसको सडकमा हिउँ परिरहेको समयमा नांगै दौडिनुपर्दा कस्तो होला ? सुन्दैमा अचम्म लाग्ने । तर एक प्रेमीकाले आफ्नै प्रेमीलाई यस्तै गर्न बाध्य पारेकी छन् । सेक्स गरिरहेका बेला झगडा भएपछि प्रेमिकाले प्रेमीलाई आफ्नो घरबाट बाहिर निकालिदिइन् । बिचरा ती युवा हिउँले भरिएको रुसको सडकमा कठ्यांगि्रदै छटपटिन बाध्य भए ।

हिउँले भरिएको सडकमा छटपटिइरहेका ती युवालाई स्थानीय प्रहरीले देखे र उनीहरुले एसीजडित गाडीमा उनलाई लिएर गए । यस घटनाको भिडियो पनि भाइरल भइरहेको छ । जहाँ युवक आफ्नो इज्जत जोगाउँदै सडकमा घुमिरहेको देख्न सकिन्छ । युवकलाई यस्तो अवस्थामा देखेपछि स्थानीय पुलिस अधिकारीले हाँस्दै भिडियो खिचेका थिए । भिडियोमा ती युवकले सहयोगको याचना गरेको सुन्न सकिन्छ ।

भिडियोमा युवक भन्छन्, ‘मलाई सहयोग गर्नुहोस्, मेरी प्रेमीकाले मेरो सबै कपडा खोलिदिइन् । जाडोका कारण मैले आफ्नो खुट्टा पनि महशुस गर्न सकिरहेको छैन ।’ त्यसपछि प्रहरी अफिसरले भन्छन् कि ‘भित्र आउनुस्, यहाँ तपाईं राहत महशुस गर्न सक्नुहुन्छ ।’ ती युवकले प्रहरी अधिकारीलाई भने कि म आफ्नो घरसँगैको होस्टलमा बस्ने युवतीसँग सेक्स गरिरहेको थिएँ । त्यतिनै बेला उनलाई के भयो थाहा भएन, उनी अचानक डराउन थालिन् । त्यसमा पनि कसैले ढोका ढकढक्याइरहेको थियो । त्यसपछि के भयो तपाईंलाई थाहै छ ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्