Logo
१६ बैशाख २०८१, आईतबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिसेस टुरिज्म एम्बेसडर वल्र्ड २०२० को ताज नेपालकी शिलास्माको हातमा

मिसेस टुरिज्म एम्बेसडर वल्र्ड २०२० को ताज नेपालकी शिलास्मा हमाल मल्लले हात पारेकी छन् । मलेसियाको क्वालालम्पुरमा आयोजित प्रतियोगितामा उनले अन्य मुलुकका प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि जितेकी हुन् ।

विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले सर्वोत्कृष्ट हुँदै वल्र्डतर्फको शीर्ष उपाधि र ताज जितेकी हुन्।

नेपालबाट उक्त प्रतियोगिताका लागि मोडल तथा मिसेस टुरिज्म एम्बेसडर २०२० विजेता शिलास्माले प्रतिनिधित्व गरेकी थिइन् ।

विभिन्न देशका २१ जना महिला सहभागी भएको प्रतिस्पर्धामा युनिभर्सतर्फको ताज भने मलेसियाले जितेको छ ।

केही वर्षदेखि मोडलिङ गर्दै आएकी शिलास्माले नेपालका केही ब्युटी पेजेन्टमा पनि उपाधि जितिसकेकी छन् ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्