Logo
१२ श्रावण २०८२, आईतबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिवेशन १५ दिन बित्दा पनि नेकपाले सभामुखको टुंगो लगाउन सकेन, बन्धक बन्दै संसद

संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ ।

विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।

सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो ।

पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भएपनि दुवै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्