१६ वर्षकी किशोरीले जन्माइन् तिम्ल्याहा बच्चा
जुम्ला । पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् ।
अस्पतालले जनाएअनुसार पहिलो बच्चा एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको छ ।
अस्पतालका नर्सिङ अधिकृत सविना थापाले दिएको जानकारी अनुसार २ शिबु जिवितै छ भने एउटाको मृत्यु भयसकेको छ ।
उनका अनुसार पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् । आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ।