Logo
१२ जेष्ठ २०८२, आईतबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठेक्का खोल्न मन्त्री मन्त्री लामाको ठाडो हस्तक्षेप !

लेखनाथ । लामगादी सतीघाटको ठेक्का सञ्चालन गर्न जिल्ला विकास समिति कास्कीलाई स्थानीय विकास मन्त्रालयबाट दबाब आएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी मनोमानी ढंगबाट तत्कालीन एलडिओ रामचन्द्र तिवारीले घाट ठेक्का दिएका थिए ।
ठेक्काको स्थानीयले विरोध गर्दै आएका छन् । घाट सञ्चालनमा ल्याइ ठेकेदार युवराज खतिवडालाई सहयोग गर्नु भन्दै नयाँ एलडिओ दामोदर भण्डारीलाई संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री रेशमबहादुर लामाले निर्देशन दिएको स्रोतले बतायो ।
एलडिओ भण्डारीले दुई साताअघि सतीघाट विवादको टुंगो लगाउने भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर, यसरी सोझै मन्त्रालयबाट फोन आएपछि एलडिओ भण्डारीलाई निकै अप्ठ्यारो परेको स्रोत बताउँछ । ‘एलडिओ आउने बित्तिकै सतीघाटको बारेमा बुझ्दा प्रक्रिया नमिलेको भनेका थिए,’ स्रोतले भन्यो, ‘अहिले आएर न त बदर गर्न सके, न त सञ्चालन गर्न ।’
त्यति मात्र होइन तत्कालीन एलडिओ तिवारीले पनि जिविस कास्कीका अन्य अधिकृतलाई ठेकेदार खतिवडाकै पक्षमा सहयोग गरिदिनु भन्दै पटक–पटक फोन आएको स्रोतले खुलासा गर्‍यो । ‘यसअघि भरतपोखरी खण्डमा बागमाराद्वार कसेरी घाट जिविसले सजिलै ठेक्का रद्द गर‍्‍‍यो,’ स्रोत भन्छ, ‘जबकि त्यो घाट वातावरण मूल्यांकन गरेर ठेक्का दिइएको थियो, प्रक्रिया पूरा नभएको सतीघाट सञ्चालन गर्न ठूलै चलखेल हुँदैछ ।’
जिविस र ठेकेदारबीच भएको सम्झौता पत्रका अनुसार सजिलै बदर गर्न सकिने स्थानीय यदुराज आर्चायले बताए । ‘जिविस र ठेकेदारबीच पाँच बुँदे सम्झौता पत्रमा हस्ताक्षर रहेको छ,’ उनले सम्झौता पत्रको प्रतिलिपि दिंँदै भने, ‘बुँदा ५ को उपबुँदामा स्पष्ट हुँदाहुँदै पनि बदर गर्न नसक्ने कस्तो नियम हो रु’
सम्झौता अनुसार काम हुनुपर्ने स्थानीय आर्चायले बताए । ‘बुँदामा स्पष्ट लेखिएको छ, जिविसले सम्झौता तोड्न उपयुक्त सम्झेको बखत कुनै पनि समयमा तोड्न सक्ने छ,’ उनले भने, ‘त्यसकै अर्को बुँदामा, स्थानीय वातावरण तथा जग्गा जमिनको सुरक्षामा प्रतिकूल असर परेको वा पर्ने भनी स्थानीय समुदायबाट व्यापक बिरोध भइ आएमा ठेक्का बन्दोवस्त बीचमा नै जिविसले रद्द गर्न सक्ने छ । 
यसरी सम्झौता रद्द भएमा ठेक्का रकमको लागि अवधि हिसाबले दामासहीको रुपमा हिसाब मिलान गरिने छ ।’स्पष्ट रुपमा रहेको सम्झौता पालना गर्न जिविसले ढिलाइ गरेको आरोप लामगादी टोल विकास समितिका अध्यक्ष भोजराज त्रिपाठीले लगाए । ‘
व्यक्ति जग्गाको बारेमा पनि सम्झौता पत्रमा स्पष्ट लेखिएको छ,’ उनले भने, ‘सम्झौता पत्र अनुसार मुख्य मार्गबाट निर्माण सामग्री झिक्न जानुपर्ने स्थलसम्म जाने आउने बाटोको व्यवस्थापन ठेकेदारले नै मिलाउनु पर्ने छ, बाटो निर्माण गर्दा व्यक्तिगत निजी जग्गा पर्ने भए सम्बन्धित जग्गा धनीको मन्जुरीनामा लिनुपर्ने छ । 
यसमा कुनै प्रकारको विवाद ल्याउन पाइने छैन ।’ विवादले कतै ठूलो दुर्घटना निम्त्याउँछ कि भन्ने डर लागेको उनले बताए ।एलडिओ भण्डारीले विवाद मिलाउन छलफल भइरहेको बताए । ‘हामी विवाद मिलाउन पहल गरिरहेका छौं,’ उनले भने, ‘छिट्टै विवाद टुंग्याउने छौं ।’ तत्कालीन एलडिओ तिवारीले मनोमानी ढंगले पवित्र निर्माण हाउजिङ प्रालि खड्का भन्ज्याङ नुवाकोट–९ लाई ठेक्का दिएका थिए । 
समाधानमा खबर छ । कम्पनीका सञ्चालक युवराज खतिवडाले दुई वर्षका लागि साढे १२ लाख रुपैयाँमा ठेक्का पाएका हुन् ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्