Logo
२३ बैशाख २०८१, आईतबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सेवाका लागि अयोग्य

बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् ।


बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य हुने छैनन् । अन्य कसुरमा भने अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयकको दफाबार छलफलका क्रममा समितिले बहुविवाह र जातीय छुवाछूत कसुरमा दोषी ठहर भए पनि सेवामा अयोग्य हुने सहमति गरेको हो ।समितिले उल्लेखित दुई कसुरलाई छलफलपछि थप गरेको हो ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्