प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार, चिकित्सकीय अवलोकनमा अझै राखिने
एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् ।
महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिकाबारे जानकारी गराइएको हो ।
आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।