Logo
५ जेष्ठ २०८१, शनिबार
(November 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुखर्जीको भ्रमण: यस्तो छ, बिहिबारको कार्यक्रम !

indian-president-nepal-visit-1

काठमाडौं । झन्डै १८ बर्षपछि भारतका तर्फबाट उच्चस्तरीय तहको नेपाल भ्रमणका लागि राष्ट्रपति प्रणव मुखर्जी यतिबेला काठमाडौमा छन् । मुखर्जीले बुधबारदेखि नेपालको ३ दिने सद्भाव भ्रमण थालेका हुन् । मध्यान्ह सवा १२ बजे त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई नेपालका तर्फबाट राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, परराष्ट्रमन्त्री प्रकासशरण महत लगायतले स्वागत गरे ।

–राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने काठमाडौं बाहिरका क्षेत्रहरुमा पनि तयारी पूरा भएको जनाइएको छ । राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने भनिएको जनकपुर र पोखराको सुरक्षा अनुगमन तथा निरीक्षण समेत सकिएको नेपाली सेनाले जनाएको छ ।

–मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

–कात्तिक १९ गते राष्ट्रपति मुखर्जीले जानकी मन्दिरमा पूजा तथा स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा झन्डै एक घण्टा बिताउने गरी कार्ययोजना बनाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जानकारी दिएका छन् ।

–बिहान ११ बजे जनकपुर पुग्ने राष्ट्रपति मुखर्जीले शुरुमा जानकी मन्दिरमा २५ मिनेट पूजा दर्शनमा खर्चिने र त्यसपश्चात् तिरुहुतिया गाछीमा ३० मिनेट नागरिक अभिनन्दन कार्यक्रममा खर्चिने तय गरिएको प्रजिअ चापागाईंको भनाई छ ।

–जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक लालमणी आचार्यका अनुसरा राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

राष्ट्रपति मुखर्जीको बिहिबारको कार्यक्रम
–बिहान पशुपतिनाथको मन्दिरमा गएर पूजा अर्चना गर्नेछन् ।

–त्रिभूवन आर्मी अर्फिसर्स क्लबमा काठमाडौं बिश्वविद्यालयले प्रदान गर्ने मानार्थ बिद्यावारीधीको सम्मान कार्यक्रममा सहभागी हुनेछन् ।

–काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

–बौद्धस्थित होटल हायतमा बिभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्नेछन् । मधेशकेन्द्रीत दलका नेताहरुसँग सामुहिक भेटवार्ता गर्नेछन् ।

–होटल द्धारिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।

नेपाल भ्रमणका लागि भारतबाट प्रस्थान गर्नुअघि राष्ट्रपति मुखर्जीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति निवासमै पुगेर बिदाई भेट गरेका थिए । नेपाल भ्रमणमा आएलगतै राष्ट्रपति मुखर्जी औपचारिक तथा अनौपचारिक छलफलहरुमा सहभागी भइरहेका छन् ।

indian-president-nepal-visit-2

मुखर्जीको पहिलो दिन
–राष्ट्रपति मुखर्जी मह्यान्न सबा १२ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरे । उनलाई स्वागत गर्न नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्च सरकारी अधिकारीहरु पुगेका थिए । मुखर्जीको सम्मानमा नेपाली सेनाको टुकडीले २१ तोपको सलामी अप्रर्ण ग¥यो ।

– बिमानस्थलबाट राष्ट्रपति भवन शितल निवाससम्म झन्डै २० मिनेट दुई देशका राष्ट्रपतिले सँगै यात्रा गरे ।

–दिँउसो १ बजे राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति बिद्यादेखि भण्डारी र प्रणव मुखर्जीबीच दुईदेशको हित तथा आपसी सम्बन्धबारे औपचारिक छलफल भयो । छलफलमा पराष्ट्रमन्त्री प्रकासशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाही, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत पनि सहभागी भए ।

–राष्ट्रपति भण्डारीसँगको औपचारिक छलफलपछि राष्ट्रपति मुखर्जी नेपालस्थित भारतीय दुताबास प्रस्थान गरे । दुताबासले आयोजना गरेको दिवाभोजमा सहभागी भए । नेपाल भारतका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसँग अनौपचारिक छलफल गरे ।

–दुताबासको अनौपचारिक कार्यक्रमपछि उनी होटल सोल्टीमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रीभोजमा सहभागी भए । सोल्टीमा नेपालका प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहहरुसँग अनौपचारिक भेटघाट तथा छलफल गरे ।

–१८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा हुने सवारीमा पनि उच्च सुरक्षा सर्तकता अपनाइएको छ । राष्ट्रपति मुखर्जीको कार्गेट सञ्चालनमा सुरक्षा निकायले पर्याप्त सुरक्षा व्यवस्था मिलाएको नेपाली सेनाले जनाएको छ । सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङका साथै सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

–राष्ट्रपति मुखर्जीका लागि सरकारले ३ तहको सुरक्षा ब्यवस्था गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षाको काम गरेका छन् भने राष्ट्रिय अनुसन्धान विभाग पनि उनको सुरक्षामा खटिएको छ । स्थलमार्गका साथै राष्ट्रपति मुखर्जी हिड्ने रुटमा स्थल तथा हवाईमार्गबाट समेत सुरक्षा गस्ति भइरहेको छ ।

–राष्ट्रपति मुखर्जीको विशेष विमान अवतरणका क्रममा केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय विमान सेवा पनि बन्द गरियो । त्यसैगरी उनी सहभागी हुने कार्यक्रमस्थल र होटलमा पनि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ ।

–नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतको संयोजकत्वमा गठन भएको राष्ट्रपति प्रवण मुखर्जीको सुरक्षा संयन्त्रले गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा सुरक्षाको प्रबन्ध मिलाएको हो ।

–बुधबार बिहान ११ बजेदेखि नै सुरक्षाको कारण देखाउँदै ट्राफिक प्रहरीले राष्ट्रपति मुखर्जीको सवारी हुने रुट बन्द गरेपछि सर्वसाधरणले दःख पाएका छन् । गौसला चावाहिल क्षेत्रमा पसल बन्द गर्नुपर्ने हल्ला चलेका कारण सर्वधारण आर्कोशित समेत देखिन्थे ।

–अत्यावश्यक कामका लागि हिडेका सर्वसाधारण राष्ट्रपति मुखर्जीको सवारीका कारण बीच बाटोमै अलपत्र परे । राष्ट्रपतिको सवारीका कारण आफू रोकिनु परेकोमा उनीहरुले आक्रोस समेत व्यक्त गरे । @Ratopati

 

प्रकाशित मिति: Nov 3, 2016

प्रतिक्रिया दिनुहोस्