Logo
८ श्रावण २०८२, बुधबार
(October 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो, घट्न थाल्यो तापक्रम

पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ ।

उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

राति देशका पूर्वी भू-भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आङ्शिक बदली भई मध्यपहाडी भू-भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू-भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५।५ डिग्री र अधिकतम तापक्रम २५।२ डिग्री सेल्सियस रहेको छ ।

पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति: Oct 19, 2019

प्रतिक्रिया दिनुहोस्