आगन्तुकलाई वंसजसरह अधिकार दिनु, यहीँ जन्मेका महिलाहरुको अपमान गर्नु हो : वीरेन्द्र केएम
पत्रकार तथा अधिकारकर्मी वीरेन्द्र केएमले अङ्गकृत महिलालाई वंसजसरह अधिकार दिनु भनेको यही जन्मेका महिलाहरुको अपमान गर्जे कार्य हुने बताएका छन् ।
नागरिक टाइम्सका सम्पादक तथा सिभिल मिडिया एण्ड रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका केएमले विदेशी महिला विवाह गरेर आएलगतै यहाँको नागरिकता दिन नहुने तर्क समेत गरेका छन् ।
‘पहिला उताको नागरिकता समेत अन्य कागजातहरु त्यागनु परो, नेपालको बस्तुस्थिती बुझ्नु परो त्यसपछि मात्र केहि वर्षपछि उनले नेपाली नागरिकता पाउनुपर्छ’ केएम भनछन् ‘विदेशमा विवाह गर्न सकेसम्म रोक नै लगाउनु पर्छ । तर पनि कदम कथाचित त्यस्तो भइहालेको खण्डमा मात्र यस्ता प्रवधानहरु राख्नुपर्नेहुन्छ तर यहाँ अधिकार जस्तै राखिनु गलत हो । जो यहाँका वंसज नागरिक हुन् यहाँ उसैलाई सबै अधिकार हुनुपर्छ, आगन्तुकलाई आगन्तुक नै भनिने हो ।’
खबरदार भन्दै केएमले फेसबुकमा लेखेका छन् ‘विदेशी आगन्तुक बुहारीलाई बैवाहिक नागरिकतामा कडाई गर । यताको पनि नागरिक, उताको पनि नागरिक रु यो देश हो कि के हो रुरु यस्तै रहे सवैको घर विदेशी नागरिकहरुबाटै भरिनेछ भने विदेशी संस्कार-संस्कृति, विदेशी राष्ट्रगाण, विदेशी राष्ट्रियताको बढावा हुनेछ ।।’
त्यस्तै अनि अर्को कुरा भन्दै केएमले भनेका छन् ‘विवाह गरेर ल्याइने विदेशी महिलालाई स्वदेशी महिला सरह अधिकार दिनु भनेको स्वदेशका महिलाहरुको अपमान गर्नु पनि हो । स्वदेशी महिलाको योग्यता-क्षमता-सक्षमता र सुन्दरताप्रती प्रश्न उठाउनु हो । उनिहरुको जन्मजात अधिकार खोसिनु हो । विदेशी आज आएर भोलि स्वदेशीमाथी राज गर्ने योजना हो, स्वदेशीहरु भोलि अल्पमतमा पर्नु हो ।।
जय स्वदेशी महिला ! नेपाली नारी जिन्दावाद !!’