Logo
३ भाद्र २०८२, मंगलबार
(July 21, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु

५ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको प्रत्यक्षदर्शीहरूले जनाएको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको जानकारी दिए ।

मृतकको पहिचान खुलेको छैन ।

शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।

तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए । स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए ।

प्रहरीले हत्यामा संलग्नको खोजी जारी राखेको दाबी गरेको छ ।

प्रकाशित मिति: Jul 21, 2025

प्रतिक्रिया दिनुहोस्