सरकारी अड्डादेखि प्रहरी र बैंकका नक्कली कागजात बनाउने व्यक्ति पक्राउ
२ साउन, काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३१ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनले विभिन्न सरकारी कार्यालयहरु, अदालत, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाका कागजातहरु नक्कली बनाउने गरेको पाइएको सीआईबीका प्रवक्ता युवराज अड्डाले बताए ।