धुलिखेल-खावा सडकका लागि १४ महिनाको सीमासहित नयाँ ठेक्का आव्हान
काठमाडौं । धुलिखेल-खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर आह्वान गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सडक विस्तारको लागि १४ महिनाको अवधि तोकेर ठेक्का खुलाएको हो ।
यसअघि २०८० चैत मसान्तसम्म सक्ने गरी २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवाले २० करोड १९ लाख रुपैयाँको ठेक्का सम्झौता गरी काम सुरू गरिएको थियो । पटक-पटक म्याद थपे पनि सडक निर्माण गर्न ठेकेदारहरूले आनाकानी गरेपछि गएको फागुनमा ठेक्का तोडिएको थियो ।
एमाले सांसद गोकुल बास्कोटाले ४२ करोडको स्रोत सुनिश्चततासहित धुलिखेल खावा अरनिको सडकको समय सीमा तोकेर नयाँ सूचना जारी भएको भएको उल्लेख गरेका छन् । सांसद बास्कोटाले पटकपटक उक्त सडक निर्माणका लागि सदनमा आवाज उठाउँदै आएका थिए ।